Skip to content

सानिमा जिआईसी इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना लगानीकर्तालाई लाभांश दिने घोषणा गरेको छ । कम्पनीको फागुन २९ गते शुक्रबार दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूका लागि लाभांश घोषणा गरेको हो ।

बैठकले गत आर्थिक वर्ष २०८१–०८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँको ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर तिर्न) गरी कुल ५.२६३२ लाभांश वितरणको निर्णय गरेको हो।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको अब हुने वार्षिक साधारणसभाबाट पारित भएपछि सम्बन्धित सेयरधनीहरूमा वितरण गरिने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T