Skip to content

भक्तजनलाई शीतल बनाउन पशुपतिमा कृत्रिम वाटर ड्रपलेट (फोटो फिचर)

nabil bank

काठमाडौं । तीजको दिन अरू वर्ष जस्तै यसपालि पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको ओइरो लागेको छ ।

श्रद्धालु महिलाहरू बिहानैदेखि पशुपति पुगेर लामो लाइन लागेका छन् । पशुपति क्षेत्र विकास कोषले भक्तजनको सहजताका लागि विभिन्न सुविधा दिएको छ । यसै क्रममा यस वर्ष पहिलो पटक गर्मीबाट बच्न कृत्रिम वाटर ड्रपलेट गराइएको छ ।

मन्दिरको पश्चिम ढोका अगाडि वाष्पीकरण गराइएको हो । अहिले परीक्षण गरिएको र पछि प्रभावकारी देखिएअरु बेला पनि प्रयोग गरिने बताइएको छ । विगतमा तिजको दिन महिलाहरू गर्मीले ढल्ने बेहोस हुने गरेपछि यो उपाय अपनाइएको हो ।

तस्बिरहरूः नेपाल फोटो लाइब्रेरी

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime