Skip to content

चन्द्रकुवेर खापुङ नेपाल प्रहरीको ३२औँ महानिरीक्षकमा नियुक्त

nabil bank

काठमाडौं । सरकारले नेपाल प्रहरीको आगामी प्रहरी महानिर्देशकमा चन्द्रकुवेर खापुङलाई नियुक्ती गर्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले खापुङलाई नेपाल प्रहरीको ३२ औँ प्रहरी महानिरीक्षक पदमा नियुक्त गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै खापुङ भदौ १९ गतेदेखि प्रहरी महानिरीक्षक बन्नेछन् ।

हालका प्रहरी महानिरीक्षक दीपक थापा भदौ १८ गते ३० वर्षे सेवाअवधि पुरा गरेर अवकाश लिँदैछन् । थापा २०८१ चैत ४ गते महानिर्देशक बनेका थिए । खापुङ २०५२ कार्तिक २७ गते प्रहरी निरीक्षकबाट सेवा सुरु गरेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime