Skip to content

संखुवासभामा पहिलोपटक महिला प्रमुख जिल्ला अधिकारी

nabil bank

संखुवासभा । संखुवासभाको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को जिम्मेवारी सहसचिव सिर्जना थपलियाले सम्हालेकी छन् । जिल्लाको इतिहासमा उनीे पहिलो महिला प्रजिअ हुन् ।

यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा सेवारत उनले ४८औं प्रमुख जिल्ला अधिकारीका रूपमा यहाँ पदभार ग्रहण गरे ।

आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै थपलियाले निजामती सेवामा आफूले हासिल गरेको अनुभवलाई संखुवासभाको उन्नयनमा लगाउने जानकारी दिइन् । उनले भने, ‘निर्दिष्ट ऐन, कानुनका परिधिभित्र रहेर जिल्लाका सबै राजनीतिक दलका नेता, बुद्धिजीवी तथा नागरिक समाजलगायत सबैसँगको सहकार्यमा तोकिएका जिम्मेवारी पूरा गर्नेछु ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime