Skip to content

गोंगबुस्थित वीरेन्द्रबहादुर श्रेष्ठको घरबाट सवा ४ करोड नगद र ९ किलो सुनसँगै २ किलो चाँदी पनि बरामद

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं महानगरपालिका–२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट चार करोड २५ लाख ५० हजार रुपैयाँ नगद, ९ किलो ८ सय ३७ दशमलव ९६ ग्राम सुन र तीन किलो २१८ दशमलव ४९२ ग्राम चाँदी बरामद गरेको छ ।

गोर्खा जिल्ला गोर्खा नगरपालिका–६ गोर्खा बसपार्क घर भई हाल काठमाडौं महानगरपालिका–२६ सामाकोसी गोङ्गबु क्षेत्र बस्ने ७६ वर्षीय विनोदकुमार श्रेष्ठको घरबाट स्रोत नखुलेको सम्पत्ति बरमद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

उनले भने, ‘श्रेष्ठको घरमा स्रोत नखुलेको अकुत सम्पत्ति र अवैध तरिकाबाट राखेको सुन र चाँदीको गरगहना छ भन्ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा नगद र सुनचाँदी बरामद गरिएको हो ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T