काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को अध्यक्षमा भागवत भट्टराई बिजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा भागवत भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
सेजनको अध्यक्षका लागि भट्टराई, विश्वास रेग्मी र आशा थपलियाले उम्मेदवारी दिएका थिए । भट्टराईले ११० मत ल्याएर बिजयी भएका छन् भने रेग्मीले ९२ र थपलियाले ४१ मत प्राप्त गरे । यसैगरी, महासचिवमा १३९ मत ल्याएर कमल बस्नेत बिजयी भए । महासचिवका अर्का उम्मेदरवर अच्युत पुरीले १०४ मत प्राप्त गरे ।

सेजनको कोषाध्यक्षमा केशु लामिछाने १३३ मत ल्याएर बिजय भएकी छन् भने अर्का उम्मेदवार ममता थापाले १०८ मत प्राप्त गरिन् । कार्य समितिको पाँचजना सदस्यहरुमा राजु बास्कोटाले १५९, कमल धितालले १८५, अर्जुन तामाङले १४१, भोजराज भण्डारीले १४७ र सीमा तामाङले २०० मत ल्याएर बिजयी भएका छन् । सदस्यका उम्मेदबार भरत रावलले भने १३१ मत प्राप्त गरे ।
कार्यसमितिको उपाध्यक्षमा जीवनकुमार बस्नेत र सचिवमा शंकर पण्डित निर्विरोध बिजयी भए । निर्वाचनमा २४६ मत खसेको थियो भने एक मत बदर भएको थियो ।







प्रतिक्रिया दिनुहोस्