Skip to content

टीसीएलको दसैं-तिहार अभियानले ल्यायो उत्सवको रौनक !

काठमाडौं । नेपालका लागि टीसीएलको आधिकारिक वितरक सीजी इलेक्ट्रोनिक्सले प्रतिक्षित ‘ग्रेटनेस इन एभ्री मुमेन्ट इन्पायर एभ्री सेलिब्रेसन’ नामक दशैँ–तिहार अभियानको सुरुवात गरेको छ।

यस विशेष योजनामार्फत टीसीएलले चाडपर्वको अवसरमा ग्राहकहरुलाई खुसी दिने लक्ष्य राखेको छ। अभियानअन्तर्गत ग्राहकहरूले २ लाख ८ हजार २०० रुपैयाँ सम्मको आकर्षक नगद छुटका साथै पक्का उपहारहरू पनि प्राप्त गर्न सक्नेछन्।

यस योजनाका मुख्य आकर्षणहरू यस प्रकार छन्:
– टीसीएल साइड९बाई९साइड रेफ्रिजरेटरको खरिदमा निःशुल्क वाटर डिस्पेन्सर
– टीसीएलको कुनै पनि वासिङ मेसिनको खरिदमा ६ केजी एरियल डिटर्जेन्ट
– टीसीएलको एसीको खरिदमा निःशुल्क जडान सुविधा
– ४३ इन्च वा सोभन्दा ठूलो टीसीएल टिभिको खरिदमा ९ महिनाको नेट टिभिको निःशुल्क सदस्यता

यो अभियान भदौ १९ देखि सीमित अवधिका लागि नेपालभरिका सम्पूर्ण आधिकारिक शोरूमहरू र विक्रेताहरूमा लागू हुनेछ।

टीसीएल विश्वकै अग्रणी उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्डमध्ये एक हो । स्मार्ट टेलिभिजन, रेफ्रिजरेटर, वासिङ मेसिन, एअर कन्डिसनर लगायतका अत्याधुनिक उत्पादनका कारण टीसीएल विश्वभर नवप्रवर्तन र गुणस्तरीय प्रविधिका लागि चिनिन्छ।

सीजी इलेक्ट्रोनिक्स नेपालमा कन्ज्युमर डुराबल्स वितरण गर्ने अग्रणी कम्पनी हो, जसले अन्तर्राष्ट्रिय स्तरका ब्राण्डहरुलाई नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ। ग्राहक–मैत्री सेवा, मजबुत वितरण सञ्जाल र दीर्घकालीन विश्वसनीयताका कारण सीजी इलेक्ट्रोनिक्स उपभोक्ताहरू माझ एक भरोसा योग्य नाम बनेको छ।

नेपालको सबैभन्दा ठूलो पर्वको अवसरमा टीसीएल र सीजी इलेक्ट्रोनिक्ससँगै नेपाली ग्राहकहरुलाई उत्कृष्ट प्रविधि र अभूतपूर्व अनुभव दिने लक्ष्य लिएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi