Skip to content

न्यायाधीश, मन्त्री निवास र कांग्रेस केन्द्रीय कार्यालय क्षेत्रमा अनिश्चितकालिन कर्फ्यु

nabil bank

काठमाडौ‌ । जिल्ला प्रशासन कार्यालय ललितपुरले भिआईपी क्षेत्रमा कर्फ्यु लगाएको छ ।

प्रशासनले सोमबार साँझ ६ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि पुल्चोकस्थित न्यायाधीश निवास, भैसैपाटीस्थित नयाँ मन्त्री निवास र सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालय क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । जेनजी आन्दोलनले उग्ररुप लिएपछि ललितपुरसहित काठमाडौँ, सुनसरीको इटहरी र रुपन्देहीमा कर्फ्यु लगाइएको छ ।

पछिल्लो अपडेट अनुसार जेनजी आन्दोलनमा प्रहरीको गोली लागेर काठमाडौँमा १७ र इटहरीमा २ जनाको मृत्यु भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime