काठमाडौं । काठमाडौंबाट हुने सम्पूर्ण उडान अहिले बन्द गरिएको छ ।
सबै विमान कम्पनीहरुको बैठकपछि अहिले सबै उडान बन्द गरिएको एक विमान कम्पनीका अधिकारीले जानकारी दिए ।
अहिले आकासमा रहेका जहाजलाई अवतरण गर्न दिने र थप उडानहरू नहुने गरी विमानस्थल बन्द गर्न लागिएको ती अधिकारीले जानकारी दिए ।
अहिले विमानस्थललाईं नेपाली सेनाले सुरक्षा दिइरहेको छ । अब मुख्य गेट नै बन्दै गरेर विमानस्थलमा अन्य गतिविधि रोक्ने तयारी गरिएको बताइएको छ ।












प्रतिक्रिया दिनुहोस्