Skip to content

जेनजीकाे आन्दोलनः औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति भएकाेमा चेम्बरद्वारा दुःख व्यक्त

nabil
global ime

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको जेनजी आन्दोलनमा जनधनमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।

नेपाल चेम्बर अफ कमर्सले हालै देशभर भएको आन्दोलनका क्रममा औद्योगिक र व्यावसायिक क्षेत्रमा गम्भीर क्षति पुगेको जनाएको छ।

चेम्बरले बिहीबार विज्ञप्ति जारी गर्दै जनधनमा भएको ठूलो क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ। चेम्बरले वर्तमान चुनौतीपूर्ण परिस्थितिमा संवाद, सहकार्य र संयमता अपनाउन सरोकारवाला निकायहरूको गम्भीर ध्यानाकर्षण गराएको छ।

भ्रष्टाचार निवारण, सुशासन कायम, राज्य संयन्त्रको पारदर्शिता, रोजगारी सिर्जना र सरकारी सेवामा नागरिकको सहज पहुँचजस्ता जेनजीले उठाएका विषयहरूलाई सबै सरोकारवालाले गम्भीरतापूर्वक लिनुपर्ने आजको आवश्यकता देखिएको चेम्बरले औँल्याएको छ।

आन्दोलनका क्रममा भएको जनधनको ठूलो क्षतिले देशमा थप निराशा फैलाउने, औद्योगिक तथा व्यवसायिक वातावरण खल्बल्याउने र लगानीमैत्री वातावरणमा प्रतिकूल असर पार्ने भएकाले सबै सरोकारवाला पक्ष संयमित बनेर निकास खोज्नुपर्नेमा चेम्बरले जोड दिएको छ।

आगामी दिनमा यस्ता खाले घटना दोहोरिन नदिन सरोकारवाला पक्ष र जेनजी पुस्ताका युवाहरूलाई संवाद र रचनात्मक सहकार्यमार्फत दीर्घकालीन समाधान खोज्न चेम्बरले आह्वान गरेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima