काठमाडौंं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संवैधानिक प्रक्रियाबाट नै निकास दिन राष्ट्रपति रामचन्द्र पौडेलले पहल गरिरहेका जनाएका छन् । शुक्रबार संयुक्त वक्तव्य जारी गर्दैै उनीहरूले संघीय संसद् भवन तथा सचिवालय र देशभरि गरिएको आगजनीबाट मुलुकलाई अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् ।
हाल विषम परिस्थितिमा संवैधानिक प्रक्रियाबाटै निकास दिन राष्ट्रपति विधिको शासन र संविधाबाट बाहिर नजानेमा आफूहरू दृढ रहेको उनीहरूले जनाएका छन् ।
‘राष्ट्रपतिज्यूले पहल गरिरहनुभएको छ । यस सन्दर्भमा विधिको शासन र संविधानवादबाट बाहिर जानु हुँदैन भन्नेमा हामी दृढ छौँ । आन्दोलनरत पक्षका मागहरू सम्बोधन गर्दै अझ उन्नत, समृद्ध र बलियो लोकतन्त्रका लागि प्रतिबद्ध हुन हामी सबैलाई अपिल गर्दछौँ,’ वक्तव्यमा भनिएको छ ।







प्रतिक्रिया दिनुहोस्