काठमाडौं । जेनजी आन्दोलनका क्रममा बुटवलस्थित भाटभटेनीमा लुटपाटमा संलग्न रहेका एक शिक्षक बर्खास्तिमा परेका छन् ।
बुटवलको कालिका मानविज्ञान माध्यमिक विद्यालयका शिक्षक बर्खास्तिमा परेका हुन् । भदौ २४ गते विद्यालयका शिक्षक शिवशङ्कर शुक्ला सहभागि भई बुटवलको सुख्खानगर स्थित भाटभटेनी सुपर मार्केटमा भएको सामान लुटपाटमा संलग्न रहेको देखिएको प्रधानाध्यापक दिनेश थापाले जानकारी बताए ।
जसले गर्दा विद्यालयको आचरणसहिंता तथा नियम विपरित कार्य गरेको ठहरिएकाले शिक्षकलाई आजैको मितिदेखि लागु हुने गरी विद्यालयबाट हटाइएको जारी विज्ञपिमा उल्लेख छ ।
‘मिति २०८२ साल भदौ २४ गते भएको जेनजीको प्रदर्शनमा यस विद्यालयका शिक्षक शिवशङ्कर शुक्ला सहभागि भई बुटवलको सुख्खानगरस्थित भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा समेत संलग्न रहेको देखिएकाले, विद्यालयको आचरण सहिंता तथा नियम विपरित कार्य गरेको ठहरिएकाले निज शिक्षकलाई आजैको मितिदेखि लागु हुने गरी विद्यालयबाट हटाइएको व्यहोरा जानकारी गरिन्छ’ जारी विज्ञप्तिमा उल्लेख छ ।






प्रतिक्रिया दिनुहोस्