काठमाडौं । बेलायतबाट नेपाल बाइक राईडमा आएका एक पर्यटकले संसद भवन जलेको लाईभ खिचेर २७ मिलियनभन्दा धेरै भ्युज कमाएका छन् ।
भदौ २४ गते भएको आन्दोलन तथा जल्दै गरेको संसद भवनको भिडियो बनाएर उनले २ करोड ५४ लाख ७० हजारभन्दा धेरै भ्युज पाएका हुन् ।
उनले ‘वी हेट दी कुल’ नामक युबट्युब च्यानलमा राखेको उक्त भिडियोमा १.१ मिलियन लाईक, ९० हजार ५ सयभन्दा धेरै कमेन्ट आएको छ । नेपालमा दोस्रो पटक घुम्न आएको बताउने उनले आफुले लाईफमा यस्तो घटना पहिलो पटक देखेको भन्दै भिडियो बनाएका छन् ।
यसैगरी, उलने नेपालका जेनजी आन्दोलनकर्ताले संसद भवन जलाएको भन्दै भिडियोमा बताएका छन् ।
जेनजीले करप्सन र सामाजीक सञ्जाल बन्द गरेको बिरुद्धमा उक्त आन्दोलन गरेर सांसद भवनमा आगजनी गरेको भनेर उनले भनेका छन् । बेलायतबाट विभिन्न देश हुँदै नेपाल आएका उनले भदौ २४ गते सांसद भवन जलाएको र माइतघर तथा बानेश्वरका विभिन्न स्थानमा भएको आन्दोलनलाई लाईभ खिचेका छन् ।
‘आज मैले जे देखेँ, त्यो म विश्वास गर्न सक्दिन। नेपालमा जेनजीको विरोध प्रदर्शन र मेरो आँखाबाट त्यो कसरी प्रकट भयो।’ उनले युबट्युबमा लेखेका छन् । उनी नेपालबाट थाइल्याण्ड हुँदै बेलायतसम्मको २ पाङ्ग्रे सवारी साधनमा फर्कने पनि बताए छन् ।
उनको भिडियोमा त्यसदिन विध्वस मच्चाउनेहरुलाई सहजै चिन्न सकिन्छ । साथै सरोकारवाला निकायले राज्यको सम्पत्तिको तोडफोड तथा आगजनी गर्नेलाई चिन्ने र कानूनी दायरामा ल्याउन सजिलो माध्यम समेत बन्ने देखिन्छ ।






प्रतिक्रिया दिनुहोस्