काठमाडौं । धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को जवाङखोलामा आज बिहान खसेको सुक्खा पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध भएपछि प्रशासनले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको हो ।
प्रशासनका अनुसार, वैकल्पिक मार्गका रूपमा गोरखा, लम्जुङ पोखरातर्फ जाने साना तथा मझौला सवारीसाधनले मलेखु–धादिङबेँसी–आरूघाट मध्यपहाडी राजमार्ग, गोरखा बजार हुँदै आँबुखैरेनी, मध्य पहाडी राजमार्ग हुँदै डुम्रेको सडक प्रयोग गर्न सक्नेछन् ।
‘अन्य स्थानतर्फ जाने ठूला तथा साना सबै सवारी साधनले सुरक्षा निकायसँग समन्वय तथा निर्देशनमा लेन अनुशासन कायम गरी अन्य वैकल्पिक मार्गको प्रयोग गर्नु हुन हार्दिक अनुरोध छ,’ प्रशासनले भनेको छ ।
पहिरो पन्छाउन करिब पाँच घण्टा लाग्ने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न प्रहरीले अनुरोध गरेका छ ।






प्रतिक्रिया दिनुहोस्