Skip to content

राजमार्गमा ट्रक रोकेर दुःख दिने नीति हट्यो, भन्सारमा कारोबार मूल्य लागू हुने

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले भन्सार सुधारमा बोल्ड नीति कार्यान्वयन गरेका छन् ।

नेपालको पुरानो व्यापारिक नाका बिराटनगरबाट खनालले निजी क्षेत्रका व्यवसायीलाई भन्सार मूल्याकनमा स्वय घोषणा सहितको कारोबारमूल्यलाई कार्यान्वयनमा ल्याएका छन् ।

योसँगै भन्सारले लिएको पुरानो सन्दर्भ मूल्य हट्ने छ । निजी क्षेत्रका उद्यमी व्यवसायीले कारोबारमूल्यलाई राख्नुपर्ने माग राख्दै आएका छन् ।

खनालले सामाजिक सञ्जाल मार्फत जेनजीको माग अनुसार  नैतिक आचरणको पालना र भ्रष्ट आचरणको अन्त्य गर्ने जेनजीको माग सार्वजनिकनिकायका लागि मात्र होइन, नीजी, सामुदायिक र सहकारी क्षेत्रको लागि पनि भएको उल्लेख  गरे ।

उनले बिराटनगरमा  निजी क्षेत्रका प्रतिनिधिमुलक निकायहरू र व्यवसायीहरूलाई भन्सार प्रशासनको इतिहासमा पहिलो पटक स्वयम् घोषणाकोआधारमा भन्सार मुल्यांकन र क्लियरेन्स गरिने विद्युतीय प्रणाली बिराटनगर नाकाबाट प्रारम्भ गरिएको घोषणा गरे ।

अर्थमन्त्री खनालका अनुसार यसले व्यापारको लागत घटाउने छ, अवान्च्छित लेनदेन शुन्य पार्ने छ, व्यवसायीलार्इ इमान्दार हुन सहयोग गर्ने छ।विराटनगर नाकामा लागु भएको यो प्रणाली सफल पार्न व्यवसायीको सहयोग भएमा निकट भविष्यमा यो प्रणाली सबै भन्सारमा लागु हुनेजानकारी दिए ।

यो प्रणालीमा राजस्व चुहावट जोखिम नियन्त्रण गर्न “विद्युतीय रिस्क इन्जिन” संचालन हुने छ र शंका लागेका कारोबार व्यवसायीको गन्तव्यमै पुगेर छानबिनहुने यसले राजमार्गमा ट्रक रोकेर दुख दिने काम बन्द हुनेछ.

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima