Skip to content

सामान्य घट्यो सेयर बजार, कारोबार रकम ३ अर्ब

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य घटेर बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बिहीबार सेयर बजार मापक नेप्से सूचक २.३५ अंकले घटेर २६५२ बिन्दुमा पुगेको छ । यसैगरी, आज ३ अर्ब २६ करोड ४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएको १३ उपसमूहमध्ये ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सबैभन्दा धेरै १.३६ प्रतिशत बढेको छ। यस दिन बैंकिङ, लगानी र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको हो। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सबैभन्दा धेरै १.४९ प्रतिशत घटेको छ।

हिमस्टार उर्जा कम्पनीको सेयर आज सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सो कम्पनीको सेयरमूल्य ६३ रुपैयाँ ६९३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३० करोड ९० लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi