Skip to content

सरकारले तोकेको अधिकतम मूल्य भन्दा कम दरमा हवाई टिकट बिक्री गरेका छौः संघ

 

काठमाडौं । वायुसेवा संचालक संघ नेपालले सरकारले तोकेको अधिकतम भन्दा कम भाडा लिएर टिकट बिक्री गरेको जनाएको छ । संघले आज विज्ञप्ति जारी गर्दै यस्तो जनाएको हो ।

असोज ८ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षमा नेपाल नागरिक उड्डयन प्राधिकणका उच्च पदाधिकारी तथा सदस्य वायुसेवा कम्पनीहरुका पदाधिकारी सम्मिलित बैठकमा भएको छलफल बमोजिम वायुसेवा कम्पनीहरुले सरकारले तोकेको अधिकतम भाडादर भन्दा कम मुल्यमा नै टिकट उपलव्ध गराई रहेको जनाएको छ ।

अब जारी गर्ने टिकट पनि कम मुल्यमा नै उपलव्ध गराउने निर्णय भएको जनाएको छ । हिन्दूहरुको महानचाड पर्वलाई मध्यनजर गर्दै सम्पूर्ण यात्रुलाई आफ्नो गन्तव्य तर्फ पु¥याउन वायुसेवा कम्पनीका सम्पूर्ण कर्मचारीहरु अहोरात्र खटिई आफ्ना सेवाहरु सर्व सुलभ रुपमा प्रदान गरिरहेको संघले जनाएको छ ।

हाल दुर्गम क्षेत्रमा उडानको चाप त्यति नभएको र उक्त क्षेत्रको हवाई भाडा दर पनि एउटै रहेकोले सोही बमोजिम नै भाडा दर लिई उडान गरि रहेको संघले जानकारी गराएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi