काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सातौं पूर्ण बैठकले पार्टी भित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको छ ।
सम्पन्न बैठकले केन्द्रिय समिति प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने, पदाधिकारी नै आयोजक समितिको सचिवालयमा रूपान्तरण गर्ने । महाधिवेशन मंसिरमा गर्ने निर्णय गठन गरेको छ ।
पार्टी भित्रका नेता–कार्यकर्ताको सम्पत्ति छानविन गर्न शक्तिशाली आयोग गठन गर्ने निर्णय गरेको छ ।
यस्तै बैठकले नेपोटिजमबारे कार्यविधि बनाएर नेताका पारिवारिक सदस्यहरूका बारेमा निर्णय लिने निर्णय भएको छ । संस्कार, कार्यशैली र चालचलन सम्बन्धी नीति बनाउने निर्णय गरेको छ ।
जेनजीलाई पार्टीका सबै कमटिमा अधिकतम सहभागी गर्ने, युवाहरूलाई प्रथामिकता दिने, आईटी कामलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने निर्णय गरेको छ ।
बैठकले अध्यक्ष प्रचण्डको प्रस्ताव पारित, वरिष्ठ उपाध्यक्ष र उपमहासचिवले राखेको प्रस्ताबलाई त्यसमै समेट्ने निर्णय गरेको छ । यस्तै विभिन्न विचार मिल्ने पार्टीहरूसॅग एकता गर्ने निर्णय गरेको छ ।






प्रतिक्रिया दिनुहोस्