Skip to content

नेपाल–फिलिपिन्स सम्बन्ध अभिवृद्धि गर्न सांस्कृतिक कार्यक्रम

nabil bank
काठमाडौं । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्ट र ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सले फिलिपिन्सको राजधानी मनिलामा आगामी मङ्सिर २३ मा ‘मनिला अन्तरराष्ट्रिय आर्थिक तथा सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएका छन् ।
यहाँ आयोजित पत्रकार सम्मेलनमा एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टका अध्यक्ष सत्यकला तामाङ लामाले उक्त जानकारी दिँदै नेपाल र फिलिपिन्सबीच सांस्कृतिक तथा आर्थिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले उक्त कार्यक्रम आयोजना गर्न लागेको बताए ।
‘नेपालको पर्यटन प्रबर्द्धन तथा सांस्कृतिक आदानप्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो, त्यस अवसरमा नेपाल र फिलिपिन्स दुवै देशका कलाकारहरुले मौलिक प्रस्तुति दिनुहुनेछ’, अध्यक्ष लामाले भने, ‘कार्यक्रममा विभिन्न विधामा कलाकार तथा विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वलाई सम्मान गरिने ।’
कम्पनीका प्रबन्ध निर्देशक फुर्वा ग्याल्बो मोक्तानले कार्यक्रममा विश्वशान्ति र विकास, मानवतावाद, सार्वजनिक सेवा, व्यवसाय र अन्तरराष्ट्रिय कूटनीतिजस्ता क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्व र संस्थाहरुलाई सम्मान गरिने बताए । उनले भने, ‘यो कार्यक्रम दुवै देशको सम्बन्धलाई अझ प्रगाढ बनाउनका लागि एउटा सांस्कृतिक उत्सव हुनेछ, नेपाली कलाकारहरुले आफ्नो कला अन्तरराष्ट्रिय मञ्चमा प्रस्तुत गर्ने अवसर पनि पाउनुहुनेछ ।’ नेशनल डाइनामिक आटर्स (एनडिए)का अध्यक्ष देवराज गुरुङले कार्यक्रमले दुई देशबीचको कला र संस्कृति आदानप्रदानमा सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।
फिलिपिन्सस्थित ग्लोबल एकेडेमी फर ह्युमन एक्सिलेन्सका तर्फबाट जोभ्यलिन एसस्पालाब्रा र केनेथ गाय साल्भाटुसले श्रव्यदृश्यका माध्यमबाट आफूहरु नेपाली कम्पनीसँगको सहकार्यमा काम गर्न पाउँदा हर्षित भएको उल्लेख गर्दै नेपाली कलाकारलाई फिलिपिन्समा स्वागत गर्न प्रतीक्षारत रहेको बताए । एएमएस म्युजिक एण्ड इन्टरटेनमेन्टले यसअघि चीन, जापान, यूएईलगायत देशमा पर्यटन प्रबर्द्धन र कला तथा संस्कृति आदानप्रदानका कार्यक्रम आयोजना गरिसकेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime