Skip to content

निफ्राले गर्यो भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड सहयोग

nabil bank

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्राले भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड सहयोग गरेको छ ।

भदौ २३ र २४ गते जेनजीले आयोजना गरेको आन्दोलनले भौतिक संरचनामा आगजनी र तोडफोड गरेर ठूलो क्षति भएको छ ।

त्यस्ता भौतिक संरचनाहरुको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायतका कार्यमा सहयोग पुर्याउने उद्देश्यले निफ्राले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सरकारले हालै स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ करोड सहयोग गरेको जनाएको छ ।

उक्त सहयोग रकम बराबरको चेक बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेको मन्त्रालयका प्रवक्ता टंक प्रसाद पाण्डेयले जानकारी दिए ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime