Skip to content

विद्युत प्राधिकरणले सच्यायो सूचना: डेडिकेटेड, ट्रक लाइनको विद्युत बक्यौता २ गते भित्र बुझाउनु पर्ने

nabil bank

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड फिडर तथा ट्रक लाइनबाट विद्युत सप्लाई लिएका उपभोक्ताहरुलाई बक्यौता विद्युत महशुल बुझाउन जारी गरेको सूचना सञ्चयाएको छ ।

यसअघि प्राधिकरणले असोज १० गते बसेको प्राधिकरण सन्चालक समितिको बैठकले बक्यौता विद्युत महशुल २१ दिन अर्थात कात्तिक १७ गते भित्र भुक्तानी गर्नुपर्ने निर्णय गरेको जनाएको छ । तर, अहिले सूचना सच्याएर कात्तिक २ गते भित्र बाँकी बक्यौैता भुक्तानी गर्न भनेको छ ।
प्राधिकरणका अनुसार सार्वजनिक बिदाको दिन पनि महशुल संकलन काउन्टर खुला रहने जनाएको छ । यस्तै कात्तिक २ गतेसम्म विद्युतीय माध्यमबाट पनि भुक्तानी गर्न सकिने जनाएको छ ।

यसअघि प्रधिकरणले सुचना जारी गर्दैै मासिक किस्तावन्दीमा रकम भुक्तानी गर्न इच्छुक उपभोक्ताहरुलाई बढिमा २८ महिनाको किस्तावन्दीको सुविधा उपलब्ध गराइने जनाएको छ । उल्लेख समय सीमाभित्र बक्यौता महशुल बुझाउन नआएमा नेपाल विद्युत प्राधिकरण, विद्युत महशुल संकलन विनियमावली, २०७८ बमोजिम कारवाही हुने जनाएको छ ।

प्राधिकरणको डेडिकेटेड फिडर तथा ट्रंक लाईनमार्फत विद्युत उपभोग गरेवापत २०७२ माघदेखि २०७५ बैशाख महिनासम्मको विद्युत महशुल बक्यौता रहेका ग्राहकहरुलाई प्रशासकीय पुनरावलोकनको लागि २०८२ जेष्ठ मसान्तभित्र निवेदन दिन सक्ने म्याद कायम गरी २०८२ वैशाख २६ गते र २०८२ वैशाख ३० गते सूचना प्रकाशित गरेको थियो ।

उक्त समयमा गरेको म्याद कायम गर्ने निर्णय तथा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण काम कारवाहीहरु संचालक समितिको असोज १० गतेको निर्णयानुसार बदर भएको जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime