Skip to content

खराब मौसमका कारण काठमाडौं विमानस्थल दुई घण्टाका लागि बन्द

काठमाडौं । काठमाडौं उपत्यकामा निरन्तर परेको वर्षा र कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई सेवा प्रभावित भएको छ। प्रतिकूल मौसम र इन–रुट वेदर खराब भएपछि आज विमानस्थललाई करिब दुई घण्टाका लागि बन्द गरिएको विमानस्थल प्रशासनले जनाएको छ।

भिजिबिलिटी अत्यन्त कम भएपछि अवतरण र उडान दुवै प्रक्रिया असम्भव बनेको हो। आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानहरू रोकिँदा यात्रुहरूलाई असुविधा भएको छ। मौसम सामान्य अवस्थामा फर्किएपछि मात्रै उडान सञ्चालन गरिने विमानस्थल स्रोतले जनाएको छ।

मौसम पूर्वानुमान महाशाखाले अझै केही समयसम्म वर्षा र दृश्यता कमजोर रहने सम्भावना जनाएको छ। यात्रुहरूलाई आधिकारिक सूचना अनुसार मात्र विमानस्थलमा उपस्थित हुन अनुरोध गरिएको छ।

यस्तै हिमाली जिल्लामा हुने उठान समेत रद्ध भएको विकानस्थलले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi