Skip to content

मौसम सुधारसँगै त्रिभुवन विमानस्थलबाट आन्तरिक उडान सुरु

काठमाडौं । अविरल वर्षाका कारण शनिबारदेखि बन्द रहेको आन्तरिक हवाई उडान आज बिहानैबाट सुरु भएकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

यतिबेला विभिन्न विमानस्थलमा रोकिएका जहाजले यात्रु लिएर काठमाडौंका लागि उडान गरिरहेको विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाले बताए।

उनका अनुसार मौसम खराब नभएमा अब नियमित उडान हुनेछ। खराब मौसमका कारण शनिबार बिहानैदेखि आन्तरिक उडान बन्द गरिएको थियो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T