काठमाडौं । अविरल वर्षाका कारण उत्पन्न बाढी, पहिरो, कटान र डुबानले मुलुकभर व्यापक जनधनको क्षति पुर्याएको भन्दै राष्ट्रिय सहकारी महासंघले सहयोगमा जुट्न आग्रह गरेको छ ।
सरकारले प्रभावित क्षेत्रका नागरिकहरूको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि गरिरहेका प्रयास र पूर्वतयारीको सर्हना गर्दै, महासंघ यस कार्यमा सबै सरोकारवाला निकायहरूसँग निरन्तर समन्वय र सहकार्यका लागि प्रतिबद्ध रहेको जनाएको छ ।
कठिन घडीमा, महासंघ सम्पूर्ण सहकारीकर्मी, विषयगत केन्द्रीय, प्रदेश तथा जिल्लास्तरीय सहकारी संघहरू, राष्ट्रिय सहकारी बैंक र देशभरका प्रारम्भिक सहकारी संस्थाहरूलाई आफ्नो आ–आफ्नो स्थानबाट उद्धार, राहत र पुनःस्थापनाका कार्यमा सक्रिय रूपमा जुट्न अपिल गरेको छ ।
सहकारी संघ संस्थाहरूलाई विपतका कारण प्रभावित भएका नागरिकहरूको सहयोगार्थ सहकारी अभियानमार्फत लागिपर्न महासंघले अनुरोध गरेको छ ।
विपतको कारण स्वयं सहकारी संघ संस्थाहरू पनि प्रभावित हुने सम्भावना रहेको हुँदा, सम्बन्धित विषयगत केन्द्रीय सहकारी संघहरूलाई प्रभावित सदस्य सहकारी संघ र संस्थाहरूको तथ्याङ्क संकलन गरी महासंघसँग निरन्तर समन्वय र सहकार्य गर्न अनुरोध गरेको छ ।






प्रतिक्रिया दिनुहोस्