Skip to content

काठमाडौंमा मेयर बालेन र सुदनविरुद्ध जाहेरी दर्ता गर्ने परिसर जाँदै अखिल

nabil bank

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र हामी नेपाल नामक संस्थाका संस्थापक सुदन गुरुङविरुद्ध किटानी जाहेरी दर्ता गर्ने तयारी भएको छ ।

 

नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले साह र गुरुङविरुद्ध किटानी जाहेरी दिने तयारी गरेको हो । अखिल निकट स्रोतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंमा केही समयमा जाहेरी दर्ता गर्ने तयारी भएइको छ ।

जेनजी आन्दोलनका नाममा तोडफोड तथा आगजनी गरेको, सरकारी सम्पत्तिमा क्षति पुर्याएको, प्रहरी कर्मचारीको हत्या गरेको जस्ता विषयमा उजुरी दिने तयारी भएको छ ।

भदौ ३४ गते २४ गते भएको जेनजी आन्दोलनमा संसद भवन, सिंहदरबार, सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, जिल्ला अदालत, देशका विभिन्न स्थानमा प्रहरी कार्यालय तोडफोड तथा आगजनी भएको थियो । तीन जना प्रहरीको मृत्यु समेत भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime