काठमाडौं । सरकारले व्यवसायीलाई निर्यातमा दिँदै आएको नगद अनुदान रोकेको छ ।
उद्योग विभागले २३ गते सूचना जारी गर्दै अनुदान रोकेको जनाएको छ । विभागका अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको असोज ५ गते को पत्रबाट चालु आर्थिक वर्षमा थप दायित्व सृजना गर्ने गरी निवेदन लिन उपयुक्त नदेखिएको जानकारीसहित पत्र पठाएको छ । सोही पत्रका आधारमा ‘आर्थिक वर्ष २०८१/०८२ को स्वःघोषणाको विवरण उद्योग विभागमा पेस नगर्ने व्यवस्था हुन सरोकारवाला सबैमा जानकारीको लागि यो सूचना जारी गरिएको छ’ सूचनामा भनिएको छ ।
नेपालबाट वस्तु तथा सेवाको निर्यातलाई प्रवर्द्धन गर्न सरकारले नगद अनुदान दिँदै आएको थियो । सरकारले कम्तीमा ३० प्रतिशत स्वदेशी मूल्य अभिवृद्धि प्रमाणित गरेर ५० करोड भन्दा माथिको निर्यात भएका वस्तुको मूल्यको अधिकतम् ८ प्रतिशतसम्म नगद अनुदान दिने गरिएको थियो । विभागले सूचना जारी गर्दै नगद अनुदान रोकेको हो ।












प्रतिक्रिया दिनुहोस्