Skip to content

हुलास स्टिलले एक वर्षमा गर्यो पौने १३ अर्बको व्यापार, कुन वर्ष कति ?

nabil bank

काठमाडौं । हुलास स्टिल इण्डस्ट्रिजले वर्षदिनको अवधिमा पौने करिब १३ अर्ब रुपैयाँ बराबरको ब्यापार गरेको छ । यस कम्पनीको व्यापार एक वर्षमा २ करोड २० लाख रुपैयाँले बढेको छ ।

यस कम्पनीले गत आर्थिक वर्षमा १२ अर्ब ७३ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । अघिल्लो आर्थिक वर्ष २०८०/८१ को तुलनामा २ करोड २० लाख रुपैयाँले बढी हो । सो आर्थिक वर्षमा कम्पनीले १२ अर्ब ७१ करोड १२ लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९८१ मा निजी कम्पनीको रूपमा स्थापना भई सन् २००६ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको हुलास अहिले पनि इस्पात उत्पादनमा अग्रणी नामको रूपमा चिनिन्छ । हाल कम्पनीको करिब ५० प्रतिशत स्वामित्व चान्र्ली डेभलपमेन्ट कम्पनी लिमिटेडसँग छ। बाँकी स्वामित्व गोल्छा परिवारका सदस्यसँग रहेको छ ।

गोल्छा परिवारको मिसेस जयश्री गोल्छासँग यस कम्पनीको करिब २१ प्रतिशत रहेको छ । हिमांशु गोल्छाको ६ प्रतिशत सेयर स्वामित्व रहेको छ । हितेश गोल्छा ६ प्रतिशत र हुलास मेटल क्राफ्ट ६ प्रतिशत सेयर स्वामित्व रहेको छ । यस कम्पनीको अन्य सम्बन्धित संस्थाहरूसँग रहेको छ ।

हुलास स्टिल्स एक द्वितीयक इस्पात उत्पादक कम्पनी हो । यस कम्पनीले ग्याल्भेनाइज्ड, रंगीन र कोरुगेटेड इस्पातका पाना, पाइप, एल्युमिनियम संरचना, वेल्डेड संरचना र पाइप फिटिङहरू उत्पादन गर्छ । कम्पनीले मुख्य कच्चा पदार्थका रूपमा भारतका प्राथमिक इस्पात उद्योगहरूबाट हॉट–रोल्ड (एचआर) इस्पात पाना आयात गर्छ। यिनलाई कम्पनीकै कोल्ड–रोलिङ मिलमा प्रशोधन गरी कोल्ड–रोल्ड (सीआर) सिट बनाइन्छ।

हुलासको वार्षिक उत्पादन क्षमता करिब ४ लाख ८१ हजार ७६२ मेट्रिक टन रहेको छ । यसमध्ये करिब ५० हजार मेट्रिक टन पाइप (कालो र ग्याल्भेनाइज्ड दुवै), ३ लाख ९४ हजार ७०० मेट्रिक टन सिट (सादा, जीपी, जीसीआई) र बाँकी एल्युमिनियम तथा वेल्डेड संरचना उत्पादनमा समावेश छन् ।

यता, कम्पनीको सञ्चालन नाफा अनुपातले सन् २०२१ मा १९.५ प्रतिशत थियो । सन् २०२५ मा यो घटेर ९.३ प्रतिशत पुगेको छ । हुलासले सन् २०२० मा आफ्नो पुँजीको तुलनामा १.४ गुणा ऋण लिएको थियो । तर सन् २०२५ मा यो घटेर ०.४ गुणा मात्र भएको छ। सन् २०२० मा कम्पनीको बाह्य दायित्व स्व–पुँजीको १.७ गुणा थियो, तर अहिले यो ०.६ गुणामा झरेको छ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीको दीर्घकालीन ऋण रेटिङलाई उन्नत गर्दै उच्च स्तरमा पुर्याएको छ। यस क्रममा कम्पनीको अल्पकालीन ऋण रेटिङ कायम राखिएको छ। हाल कम्पनीको दीर्घकालीन ऋण सीमा १ अर्ब ३७ करोड ३३ लाख रुपैयाँ र अल्पकालीन ऋण सीमा ८ अर्ब २८ करोड ५५ लाख रुपैयाँ कायम गरिएको छ।

कुल ऋण रकम अहिले ९ अर्ब ६५ करोड ८८ लाख रुपैयाँ पुगेको छ। मूल्याङ्कन अनुसार, हुलासको वित्तीय सुदृढता, व्यवस्थित व्यवस्थापन, बजारमा स्थिर उपस्थिति र निरन्तर व्यवसाय प्रदर्शनले दीर्घकालीन ऋण रेटिङ उन्नत गर्न सहयोग पुर्याएको हो।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi