काठमाडौं । वाणिज्य बैंकमा स्तरोन्नति हुन लागेको मुक्तिनाथ विकास बैंकले बुक क्लोजको मिति तय गरेको छ ।
बैंकले असोज ३१ गते एक दिनका लागि सेयर दाखिल खारेज बन्द (बुक क्लोज) गर्ने भएको छ । असोज ३० गतेसम्म कायम रहेका सेयरधनीले बैंकले तोकेको लाभांश पाउनेछन् ।
बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेको हो । जसमा १३.५३ प्रतिशत बोनस सेयर र करसहित ४.६७ प्रतिशत नगद लाभांश दिने प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
बैंकले गरेको उक्त प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउने छन् ।
बैंकले १९ औं वार्षिक साधारणसभा कात्तिक १५ गतेका लागि बोलाएको छ । १५ होटल पोखरा ग्राण्ड पार्टी बिरौटा, पोखरा, कास्कीमा हुनेछ ।






प्रतिक्रिया दिनुहोस्