Skip to content

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमीलाई जोड्ने फिनेको अध्यक्षमा ढकाल, घले महासचिवमा दोहोरिए

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने) को दोश्रो महाधिवेशनबाट हङकङका युवा उद्यमी गोकर्णप्रसाद ढकाल ग्लोबल अध्यक्षमा निर्वाचित भएका छन्। ढकाल यसअघि वरिष्ठ उपाध्यक्ष थिए।

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई जोड्ने उद्देश्यले स्थापित फिनेको भर्चुअल माध्यमबाट भएको महाधिवेशनमा १५ देशका प्रतिनिधिहरू सहभागि थिए।

महाधिवेशनबाट शमिम अन्वर बरिष्ठ उपाध्यक्ष निर्वाचित भए भने प्रकाश थापा, डिला खरेल, पूर्ण पोखरिया, प्रदीप न्यौपाने, शम्भु कँडेल र उषा गुरुङ उपाध्यक्ष चयन भएका छन्। त्यस्तै महासचिवमा हङकङकै युवा उद्यमी दीपेन घले दोहोरिएका छन्।

धर्म अधिकारी सचिव बनेका छन् भने कोषाध्यक्षमा ओम ज्ञवाली निर्वाचित भए। महाधिवेशनबाट अफ्रिका क्षेत्रका अध्यक्षमा रामप्रसाद पाध्य, युरोप क्षेत्रका अध्यक्षमा देवेन्द्र कार्की, मध्यपूर्व क्षेत्रका अध्यक्षमा विष्णुलाल श्रेष्ठ र ओसेनिया क्षेत्रका अध्यक्षमा उमेश खड्का निर्वाचित भए।

त्यस्तै सदस्यहरुमा मनिषा डंगोल श्रेष्ठ, एमके रमेश पौडेल, रजनिश भट्टराई, विकास दाहाल, अमर सापकोटा, रोशन बुढाथोकी, निराजन भण्डारी, शिव श्रेष्ठ, भिमलाल गैरे, सुर्य श्रेष्ठ, विवेक पौडेल र दीपेशमान शाक्य चयन भएका छन्। महाधिवेशनमा महासचिव घलेले फिनेको विश्वव्यापी विस्तारले तिव्र गति लिइरहेको तथ्यसहित प्रगति विवरण प्रस्तुत गरेका थिए। फिनेको नेपालमा पनि बागमती र गण्डकीमा शाखा विस्तार भइसकेको छ।

नवनिर्वाचित अध्यक्ष ढकालले विश्वभर छरिएका नेपाली युवा उद्यमीहरूबीच सहकार्य, मार्गदर्शन र अवसरहरूको सञ्जाल निर्माण गर्दै विश्व बजारमा छरिएर रहेका नेपाली उद्यमीहरूलाई सशक्त बनाउँदै जाने प्रतिबद्धता व्यक्त गरेका थिए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi