Skip to content

जेनजी आन्दोलनमा भएको क्षतिको विवरण पेश गर्न सरकारलाई आयोगको निर्देशन

nabil bank

काठमाडौं । जेनजी आन्दोलनमा भएका घटना सम्बन्धी जाँचुबझ आयोगले आन्दोलनमा भएका क्षतिको विवरण पेश गर्न सरकारलाई निर्देशन दिएको छ ।

आयोगले आज सूचना जारी गर्दै इमेल तथा हुलाक मार्फत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा भएको क्षतिको विवरण माग गरेको हो ।

‘प्रदर्शनका क्रममा काठमाडौं लगायत विभिन्न भागमा राजनीतिक दल, संघ संस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगको इमेलमा पठाउनुहुन साथै घटनालाई पुष्टयाई गर्ने प्रमाणहरु जस्तै श्रव्यदृश्य, फोटो र कागजातहरु भए सो समेत यस आयोगमा उपलब्ध गराउन हुन अनुरोध गरिन्छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime