Skip to content

प्रहरीका पूर्वएआईजी देबेन्द्र सुवेदी बिरुद्ध साइबर ब्यूरोमा उजुरी

nabil bank

काठमाडौं । प्रहरी पूर्वअतिरिक्त महानिरीक्षक देवेन्द्र सुबेदी बिरुद्ध साइबर ब्यूरोमा उजुरी परेको छ ।

सुवेदीले विभिन्न सामाजिक सन्जालमार्फत नेकपा माओवादी केन्द्रका संयोजक पुस्पकमल दाहाल प्रचण्डको निवासबाट घर जलाइनु भन्दा दुई दिन पहिले नै दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको भन्दै गलत र तथ्यहीन प्रचार गराइरहेको भन्दै उजुरी दर्ता गरिएको छ । संयोजक प्रचण्डको सचिवालयका तर्फबाट आइतबार उजुरी दर्ता गरिएको हो ।

झुठ्ठा सामग्री प्रवाहगरी भ्रम सिर्जना गराउनुका साथै चरित्रहत्या समेत गरिएको बताइएको छ । सामाजिक संजालबाट पार्टी नेतृत्वबिरुद्ध चरित्रहत्या गरिदा गम्भीर साइबर अपराध भएकाले सुवेदी बिरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी गरिएको छ । संयोजक प्रचण्डको सचिवालयका तर्फबाट आइतबार ब्यूरोमा गरिएको उजुरीमा डिजिटल माध्यममार्फत् गरिएका यस्ता गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएकाले त्यसबारे आवश्यक अनुसन्धान गरि कानुनी कारबाहको माग गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime