अन्न भण्डार बर्दियामा किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)
लगानी न्यूज
काठमाडौं । अन्नको भण्डार भनेर चिनिएको बर्दिया जिल्लाको राजापुर नगरपालिकामा यतिबेला धान काटन किसानहरुलाई भ्याइनभ्याइ छ।
पानी पर्न छाडे पछि किसानहरु धान काट्न बेस्त छन् । बर्दियाको कुल खेतीयोग्य ७५ हजार हेक्टर जमिनमध्ये ५० हजार १ सय हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ ।लुम्बिनी प्रदेशमा उत्पादन हुने धानमध्ये २० प्रतिशत योगदान बर्दियाको हुने गरेको छ। राजापुर नगरपालिकालाई सरकारले धान सुपरजोन घोषणा गरेको छ ।
विगतका वर्षहरुमा धान खेतीमा मात्र निर्भर हुने गरेका बर्दियाका कृषकहरु पछिल्लो समय भने उखु, मकै जस्ता बालीमा आकर्षित हुन थालेका छन् ।
तस्बिरः प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया दिनुहोस्