Skip to content

महोत्तरीका सर्वसाधारण घर आँगनकै फूलबाट नगद आर्जन गर्दै

महोत्तरी । तिहार पर्व नजिकिँदै गर्दा यहाँका सर्वसाधारणलाई आफ्नै घरकरेसाको फूल नगद आर्जनको स्रोत बनेको छ ।

फूल खोज्दै हिँडेका व्यापारीले बैना रकम दिन थालेपछि यहाँका स्थानीय दङ्ग छन् । घर आँगनको शोभाका लागि रोपिएका केही बोट फूलबाटै नगद पाउन थालेपछि यहाँका गृहिणीले आम्दानी लिन थालेका हुन् । ‘के छन् र त्यही ५० जति सयपत्रीका बोट होलान् घर वरिपरी, ब्यापारीले अहिले नै एक हजार बैना थमाएर गए’, भङ्गाहा–५ राजपुरकी गृहिणी हरिप्रिया महतो भने, ‘हैन, यो फूल दिपावलीताका फुल्ने गरी लगाउने हो भने त राम्रै आम्दानी पो हुने रहेछ ।’

फूल लिन आउँदा अझै एक हजार दिने बोलकवोल ब्यापारीले गरेका उहाँको भनाइ छ । ‘फूलबाट पैसा पाइएला भन्ने सोचेकै थिएन, अहिले घरै आएर व्यापारीले पैसा दिँदैछन्’, हरिप्रियाकै छिमेकी रामवती चौधरी भनिन्, ‘अहिले यही पैसाले मेरो बटुवा (कपडाको सुर्के थैली) धनी भएको छ ।’ आफ्नो घरआँगन र करेसाका करिब ६०/६५ बोट सयपत्री र १५/१६ वटा मखमली फूलबाटै दुई हजार प्राप्त गरेको उनले बताए । आगामी वर्षको दीपावलीताकालाई २०० बोट फूल फुलाउने चौधरीको धोको छ ।

मिथिलामा दीपावली थरिथरिका पूmलका माला र जताततै झिलिमिली बत्तीको उज्यालोको पर्व मानिन्छ । यस पर्वमा मैथिल परम्पराका कागपूजा, लक्ष्मीपूजा, गोधन र भैयादुजसम्मका लागि चाहिने मालाको माग बढ्दै गएपछि फूल आम्दानीको स्रोत बनेको हो । पर्वअघि फूल खोज्दै बस्ती÷बस्ती पस्ने ब्यापारीले सोचेभन्दा बढी मूल्य दिन थालेपछि हम्मेसी पैसा नपर्ने स्थानीय हौसिएका छन् ।

जिल्लामा पूmलको व्यावसायिक खेती विस्तार धेरै नभएपनि अब यस्को सम्भावना रहेको कृषि विज्ञ बताउँछन् । दीपावली, छठ जस्ता पर्व र सालैभरि आयोजना हुने धार्मिक अनुष्ठान एवं पूजाअर्चना तथा सभा समारोहलाई लक्षित गरी व्यावसायिक खेती सुरु गरिए जिल्लामा थप एउटा भरपर्दो आर्जनको बाटो खुल्ने कृषि ज्ञान केन्द्र महोत्तरीका सूचना अधिकारी अविरल महतो बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi