Skip to content

काठमाडौं महानगरले फिर्ता ल्यायो हडपेका २३ अर्बको २०८ रोपनी जग्गा, १८ सय ५९ रोपनी १४ आना जग्गाको अतिक्रमण हटाउने तयारी

nabil bank

काठमाडौं । काठमाडौँ महानगरपालिकाले २३ अर्ब रुपैयाँ मूल्य बराबरको २०८ रोपनी भन्दा धेरै सार्वजनिक जग्गा फिर्ता गरेको छ ।

महानगरले करिब २ खर्ब मूल्यको १ हजार ८५९ रोपनी १४ आना जग्गा अतिक्रमण हटाउने लक्ष्य रहेको जनाएको छ ।

बालेनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले सार्वजनिक जग्गा र सम्पत्तिको संरक्षण, व्यवस्थापन तथा पुनः प्राप्तिको सम्पूर्ण अधिकार स्थानीय सरकारलाई दिएको उल्लेख गर्दै सार्वजनिक जग्गा मिच्ने, कब्जा गर्ने, र हडप्ने प्रवृत्तिको अन्त्य गर्न अभियान नै सञ्चालन गरिरहेको मेयर बालेन साहले बताए ।

उनले त्यस अभियानअन्तर्गत हालसम्म करिब २३ अर्बभन्दा बढी मूल्य बराबरको २०८ रोपनीभन्दा बढी सार्वजनिक जग्गा सार्बजनिक उपयोग मै फिर्ता ल्याइएको छ भने फिर्ता गरिएका ती जग्गाहरूलाई पुनः कब्जामा नपरोस् भन्ने उद्देश्यले खुला पार्क,खेलकुद मैदान, स्केटबोर्ड पार्क, सत्तल, हरित क्षेत्र र सार्वजनिक उपयोगका स्थलहरूका रूपमा विकास गर्ने कार्य तीव्र गतिमा अघि बढाइरहेको उल्लेख गरेका छन् । साथै यसै क्रममा अतिक्रम भएका केही खोला कोरिडोरहरू समेत हटाइएको उनले बताएका छन् ।

सार्वजनिक जग्गाको संरक्षण कार्यलाई थप प्रथामिकताका साथ् अघि बढाउन पूर्वसचिव रामबहादुर रावलको अध्यक्षतामा गठित आयोगले तयार पारेको प्रतिवेदनलाई नीति आधारका रूपमा ग्रहण गर्दै, मिचिएका १ हजार ८५९ रोपनी १४ आना जग्गा पुनः सार्वजनिक उपयोगमा ल्याउने लक्ष्यसहित कार्यन्वयन समिति गठन गरिएको समेत उनले बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime