Skip to content

गोर्खा ब्रुअरीमा जावलाखेल ग्रुपको प्रवेश : राजबहादुर शाह बने सञ्चालक

काठमाडौं । नेपालको मदिरा व्यवसायमा १ सय वर्षभन्दा बढी समयदेखि अग्रणी स्थानमा रहेको जावलाखेल ग्रुप अफ कम्पनी अब औपचारिक रुपमा गोर्खा ब्रुअरीमा प्रवेश गरेको छ ।

वियर बजारमा ६० प्रतिशतभन्दा बढी हिस्सा ओगट्ने गोर्खा ब्रुअरीमा जावलाखेल ग्रुपका प्रतिनिधि राजबहादुर शाह ६ प्रतिशत सेयर स्वामित्व लिएर कम्पनीका सञ्चालकका रुपमा भित्रिएका छन् ।

स्रोतका अनुसार शाहले निकट भविष्यमा थप ७ देखि ८ प्रतिशतसम्म स्वामित्व वृद्धि गर्ने तयारी गरेका छन् ।राजबहादुर शाहको प्रवेशसँगै हाल गोर्खा ब्रुअरीका उत्पादनहरू नवलपरासीस्थित राज ब्रुअरी मार्फत उत्पादन भइरहेका छन् । एक वर्षदेखि गोर्खाब्रुअरीका ब्रान्डहरू–काल्सबर्ग, टुबोर्ग, गोर्खा लगायतका वियर-राज ब्रुअरीकै उत्पादन लाइनबाट बजारमा आपूर्ति भइरहेका छन् ।

जावलाखेल ग्रुप नेपालको मदिरा उद्योगमा ऐतिहासिक रूपमा अग्रणी घराना हो । यो ग्रुपले विशेष गरी भोड्का, जिन, रम र ४० युपीसम्मकामदिरा उत्पादन र वितरणमा बलियो पकड बनाएको छ । तर, वियर बजारमा भने समूहले अहिलेसम्म स्थायी सफलता हात पार्न सकेको थिएन ।विगतमा कम्पनीले जर्मन ब्रान्ड वार्स्टइनर र अमेरिकी बडवाइजर नेपालमा ल्याएको थियो, तर ती परियोजनाहरू दीर्घकालीन रूपमा सफल हुनसकेनन् ।

स्रोतका अनुसार, गोर्खा ब्रुअरीले हालै राज ब्रुअरीलाई अधिग्रहण (एक्विजेसन) गरेको छ । सोही अधिग्रहणका आधारमा शाह परिवारलाईगोर्खा ब्रुअरीमा सेयर स्वामित्व प्रदान गरिएको हो ।

‘राज ब्रुअरी गाभिएको आधारमा शाह परिवारले गोर्खामा सेयर स्वामित्व पाएको हो,’ स्रोतलेभन्यो, ‘त्यही स्वामित्वका आधारमा राजबहादुर शाह गोर्खा ब्रुअरीको सञ्चालक समितिमा प्रतिनिधित्व गरिरहेका छन्।’

गोर्खा ब्रुअरीमा डेनमार्कको प्रसिद्ध काल्सबर्ग ग्रुपको साझेदारी रहेको छ । नेपालमा काल्सबर्ग ग्रुपलाई सुरुमा खेतान समूहले प्रवेश गराएकोथियो । भारत र नेपाल दुवै देशमा खेतान समूह काल्सबर्गसँग साझेदार थियो । तर गतवर्ष सिंगापुरमा बसोबास गर्दै आएका सीपी खेतानलेनेपाल र भारतमा रहेको काल्सबर्गको करिब एक खर्ब रुपैयाँ बराबरको सेयर बिक्री गरी उद्योगबाट बाहिरिएका थिए ।

त्यसपछि काल्सबर्ग ग्रुपले नेपालमा आफ्नो साझेदारका रूपमा जावलाखेल ग्रुपलाई भित्र्याएको हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi