Skip to content

प्रि–ओपन सेसनमा करिब २ अंकले बढ्यो सेयर बजार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार प्रि–ओपन सेसनमा सेयर बजार करिब २ अंकले बढेको छ । आज प्रि–ओपन सेसनमा १.९० अंक बढेर २४८९.०७ विन्दुमा पुगेको हो। यस सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२९ अंक बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार १८.४० अंक घटेर २४८७.१७ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा १.९० अंक बढेर २४८९.०७ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२९ अंक बढेको छ।

आइतबार प्रि ओपन सेसनमा २४ स्टकको ६२ पटकको कारोबारमा ४८ लाख ५६ हजार १७ रुपैयाँ २० पैसाबराबरको ५ हजार ५०९ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १३ स्टकको मूल्य बढेको छ भने ९ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima