Skip to content

लोबुचेमा पर्यटक उद्धार गर्न गएको हेलिकप्टर हिउँमा चिप्लिएर दुर्घटना

काठमाडौं । सोलुखुम्बुको लोबुचे क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको छ। सोलुखुम्बुको लोबुचेमा बुधबार बिहान अल्टिच्युड एयरको ९एन-एमएस हेलिकप्टर हिउँमा चिप्लिएर दुर्घटना भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता ज्ञानेन्द्र भुलले जानकारी दिए।

हेलिकप्टर अवतरणका क्रममा हिउँमा चिप्लिएको हो। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी मनोजित कुँवरका अनुसार बिहान ७:५० बजे खुम्बु पासाङल्हामु गाउँपालिका-५ लोबुचेमा दुर्घटना भएको हो।

उक्त हेलिकप्टर यात्रु लिन जाँदा ल्यान्ड गर्ने क्रममा हेलिप्याडमा चिप्लिएको हो। ‘यात्रु थिएनन्। हेलिप्याडमा ल्यान्ड गर्ने क्रममा चिप्लिएको हो। पाइलट विवेक खड्का सकुशल छन्। उहाँ अर्को हेलिकप्टरबाट लुक्ला फर्किसक्नुभएको छ,’ डिएसपी कुँवरले भने।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T