Skip to content

मुस्ताङको बतासेडाँडामा फसेका तीन विदेशी सहित १५ जना पर्यटनको उद्धार

काठमाडौं । नेपाली सेनाको टोलीले मुस्ताङको बतासेडाँडामा फसेका तीन विदेशी नागारिक सहित १५ जना पर्यटनको उदार गरेको छ । शुक्रबार नेपाली सेनाको टोलीले मुस्ताङ्गको हिडन भ्याली ईलाकामा हिमपातमा फसेका ३ विदेशी सहित १५ जना पर्यटकहरुलाई उद्धार गरेको हो ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र गैरसैनिक पथ प्रदर्शकको संयुक्त उद्धार टोलीले करिब ४ हजार ९०० मिटर उचाइमा रहेको बतासेडाँडाबाट उनीहरूलाई फेला पारेको हो। म्याग्दीदेखि धवलागिरि हिमाल फन्को लगाएर मुस्ताङ पुग्ने धवलागिरि चक्रीय पदमार्गमा यात्रा गरिरहेका ती पर्यटक ११ कात्तिकदेखि लगातार परेको हिमपातका कारण फसेका थिए।

१२ कात्तिकमा मुस्ताङस्थित नेपाली सेनाको उच्च शिखर शिक्षालय र इन्द्रबक्स गणबाट खटिएको टोलीले याकखर्कमा बेस क्याम्प स्थापना गरी उद्धार कार्य सुरु गरेको थियो। तीन दिनको अथक प्रयासपछि उद्धार टोलीले शुक्रबार बिहान उनीहरूलाई सकुशल फेला पारेर याक खर्कसम्म ल्याएको सेनाले जनाएको छ। सबै पर्यटकलाई जोमसोमतर्फ ल्याउने काम जारी रहेको र उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सेनाले बताएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T