Skip to content

काठमाडौं महानगरको फोहोर बोकेर बञ्चरेडाँडा गएका गाडी बाटोमै रोकिए

nabil bank

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर विसर्जन गर्ने स्थल बञ्चरेडाँडा ल्यान्डफिल साइटमा अवरोध भएपछि काठमाडौंबाट फोहोर लिएर गएका गाडीहरु बाटोमै रोकिएका छन् । स्थानीयसँग वार्ताको प्रयास भए पनि समाधान निस्किएको छैन ।

महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि आ(आफ्नो घर, पसल, तथा व्यवसायबाट उत्सर्जन हुने फोहोरलाई घरमै सुरक्षित तवरले राख्न अनुरोध गरेको छ ।

पछिल्लो समय बञ्चरेडाँडा ल्यान्डफिल साइटका प्रभावित क्षेत्रका स्थानीय र काठमाडौं महानगरपालिकाबीच विभिन्न सहमति भए पनि त्यसको पूर्ण कार्यान्वयन नभएको भन्दै स्थानीयले फोहोर विसर्जनमा अवरोध गर्दै आएका छन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime