Skip to content

 हङकङ हुँदै यात्रा गर्दा नेपालीले ‘ट्रान्जिट भिसा’ लिनु नपर्ने

काठमाडौं । अब नेपालबाट हङकङ ट्रान्जिट हुने नेपालीहरुलाई ट्रान्जिट भिसा नचाहिने भएको छ । हङकङ सरकारले नोभेम्बर १५ देखि लागू हुने गरी नेपाली राहदानी भएका यात्रुलाई ट्रान्जिट भिसा आवश्यक नपर्ने जनाएको छ ।

नेपाली महावाणिज्यदूतावास हङकङले निरन्तरको कूटनीतिक पहल एवं अनुरोधका कारण नेपालबाट अन्य मुलुक तथा अन्य मुलुकबाट नेपाल यात्रा गर्दा ट्रान्जिट क्षेत्रभित्रै रहने सर्तमा ट्रान्जिट भिसा आवश्यक नपर्ने व्यवस्था गरेको जानकारी गराएको हो ।

नेपाली राहदानी बाहक यात्रुलाई सन् २००५ जुनदेखि हङकङ अन्तर्राष्ट्रिय विमानस्थलमा ट्रान्जिट हुँदै यात्रा गर्दा ट्रान्जिट भिसा लिनु पर्ने नियम लागू गरिएको थियो । हङकङ अन्तर्राष्ट्रिय विमानस्थल संसारकै व्यस्त विमानस्थलहरूमध्येको एक व्यस्त विमानस्थल भएता पनि ट्रान्जिट भिसाको अनिवार्यताका कारण नेपाली नागरिकले हङकङमा ट्रान्जिट गर्नु पर्दा समस्या भोग्नु परेको थियो ।

हङ्गकङ्ग सरकारले ट्रान्जिट भिसाको बाध्यात्मक प्रावधानलाई हटाएपश्चात् हङकङ ट्रान्जिट हुँदै यात्रा गर्ने नेपाली राहदानी बाहक यात्रुलाई यात्रामा सहजता हुने विश्वास गरिएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi