Skip to content

चालु पुँजी कर्जा निर्देशिकामा राष्ट्र बैंकले बिचार गर्ने बेला आयो: उपाध्यक्ष श्रेष्ठ 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले जेनजी आन्दोलनले निजी क्षेत्रमा निकै क्षति पुगेको बताएका छन् । जसको कारण राष्ट्र बैंकले चालु पुँजी कर्जा निर्देशिकामा बिचार गर्ने बेला आएको उनले बताएका छन् ।
‘हाल कर्जाको ब्याजदर एकदमै कम भएको छ । तर, पनि बजारमा  लगानी गर्न सक्ने अवस्था छैन । निराशा छ ।’ उनी भन्छन् । उनले निजी क्षेत्र र बैंकमा कुनै द्वन्द्व नभएको पनि उल्लेख गरे।
‘लिने र दिनेबिचको बार्गेनिङ भएको हो ।’ उनी भन्छन्, ‘यसलाई द्वन्द्वको रूपमा हेर्न हुन्न ।’ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बाेल्दै श्रेष्ठले बैंकमा जम्मा भएको धेरै पैसा कसरी लगानी गर्ने भन्नेमा सबैको चासो हुनुपर्ने र त्यसमा लागि निजी क्षेत्र, बैंकिङ क्षेत्र मिलेर जानुको विकल्प नभएको बताए ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T