Skip to content

नेपालले वन संरक्षण गरेर कार्बन साझेदारी कोषबाट पायो ९.४ मिलियन डलर

काठमाडौं । नेपालले वन विनाश र वन क्षय नियन्त्रणमार्फत करिब १८ लाख ८० हजार टन कार्बनडाइ अक्साइड उत्सर्जन घटाएको छ ।

कार्बनडाइ अक्साइड उत्सर्जन घटाएको भन्दै विश्व बैंकको फरेस्ट कर्बन पार्टनरशिप फेसिलिटी (एफसीपीएफ) बाट ९.४ मिलियन अमेरिकी डलर (करिब एक अर्ब १९ करोड) प्राप्त गरेको छ । यो रकम इमिसन रिडक्सन प्रोग्राम अन्तर्गत हासिल भएको पहिलो किस्ता हो ।

यस कार्यक्रमले जैविक विविधता तथा उच्च मानव जनघनत्व भएको क्षेत्रका स्थानीय तहलाई साथ लिएर वन संरक्षण, पुनर्स्थापना र दिगो जीविकोपार्जनको विकासमा काम गरिरहेको छ ।

विश्व बैंकका माल्दिभ्स, नेपाल र श्रीलंकाका डिभिजन निर्देशक डेभिड सिस्लेनले यो उपलब्धि नेपालले वन विनाश रोकथाम, शासन सुदृढीकरण, जैविक विविधता संरक्षण तथा स्थानीय समुदायको दिगो जीविकोपार्जन विस्तारमा गरेको सफलताका प्रमाण भएको बताए ।

यो रकम समुदायमा आधारित वन पुनर्स्थापना, सामुदायिक उद्यम, सीप विकास तथा दिगो, जलवायु–सहज जीविकोपार्जन प्रवर्द्धनमा लगानी गरिने छ।

वन तथा वातावरण मन्त्रालयका सचिव डा. राजेन्द्र प्रसाद मिश्रले यो उपलब्धि वन–निर्भर समुदाय, आदिवासी जनजाति र सरकारको सक्रिय प्रयासको परिणाम भएको बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi