काठमाडाैं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना वाजेदलाई मृत्युदण्डको सजाय सुनाएको छ ।
आज बंगलादेशको अन्तर्राष्ट्रिय अपराध ट्राइब्युनलले
उनलाई मानवता विरुद्धको अपराधमा दोषी ठहर गरी यस्तो सजाय सुनाएको हो ।
गत वर्षको प्रदर्शनमाथि सरकारद्वारा हिंसात्मक दमन गराईएका कारण मानवअधिकारविरुद्धका अपराधमा पूर्व प्रधानमन्त्री हासिनालाई मृत्युदण्ड सुनाएको हाे ।
७८ वर्षीया फरार राजनीतिज्ञलाई गत वर्षको सामूहिक प्रदर्शन दमनका “मुख्य योजनाकार र प्रमुख वास्तुकार” भएको आरोपमा गैरहाजिरमै मुद्दा चलाइँदैछ, जसमा करिब १ हजार ४ सय मानिस मारिएका थिए।
सन् २०२४ को विद्रोहले १५ वर्ष लामो हासिनाको “सर्वसत्तावादी” शासनको अन्त्य गर्यो, जसमा असन्तुष्टिको दमन, न्यायबाहिरका गिरफ्तारी तथा हत्या जस्ता आरोपहरू लगाइएका थिए।
सत्ता गुमाएपछि उनी भारतमा निर्वासनमा रहिएकी छिन् ।






प्रतिक्रिया दिनुहोस्