काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईका कार्यकार्ताले एनआईसी एशिया बैंकको बुटवल शाखाले लिलाम गरेको सम्पत्ति हडपेका छन् ।
बैंकले ४० करोड पर्ने सम्पत्ति १० करोड रुपैयाँमा लिलाम गरेर खान लागेको आरोप लगाउँदै लिलाम गरिसकेको सम्पत्ति हडपेका छन् । प्रसाईका कार्यकर्ताले हडपेको बैंकको सम्पत्तिको भिडियो अहिले टिकटकमा उपलब्ध रहेको छ ।
दुर्गा प्रसाईको नागरिक बचाउन अभियानका कार्यकार्ताले चाबी फोडनुका साथै बैंकको बोर्ड च्यातेका छन् । सुरक्षा गार्डलाई नियन्त्रणमा लिएका छन् । साथै आन्दोलनकारीले सुरक्षागार्डलाई अन्य व्यक्तिलाई सम्पर्क समेत गर्न दिएका छैनन् ।
उनीहरुले बैक विरुद्ध नाराबाजी गरेका छन् । साथै दुर्गा प्रसाई जिन्दावाद भन्दै नारा लगाएका छन् । उनीहरुले व्यवसाय गरेर खान पाउनु पर्छ भन्दै नारा समेत लगाएका छन् ।






प्रतिक्रिया दिनुहोस्