Skip to content

‘डिसहोम गो’ले नेपाल प्रिमियर लिग प्रत्यक्ष प्रसारण गरेर ऐतिहासिक उपलब्धि हासिल गर्यो

nabil
global ime

काठमाडौं । ‘डिसहोम गो’ले नेपाल प्रिमियर लिग (एनपिएल) २०२५ को प्रत्यक्ष प्रसारण गर्दै पहिलो दिनमै दुई लाखभन्दा बढी दर्शक आकर्षित गर्न सफल भएको छ। मोबाइल एपमार्फत मात्र खेल प्रसारण गर्ने पहिलो नेपाली प्लेटफर्मका रूपमा कम्पनीले ऐतिहासिक उपलब्धि हासिल गरेको हाे।

उद्घाटन खेलमा केही प्रयोगकर्ताले विशेषगरी आइओएस् प्रयोगकर्ताले सिजन पास सदस्यता लिँदा समस्या अनुभव गरेका थिए। सदस्यता खरिद प्रणालीमा देखिएको प्राविधिक जटिलताका कारण सुरुवाती असुविधा भएको भए पनि इञ्जिनियर तथा अन्तर्राष्ट्रिय विशेषज्ञले तत्काल समाधानमा काम गरेपछि दोस्रो दिनदेखि आइओएस् प्रयोगकर्ताले पनि सहज रूपमा खेल हेर्न सकेका छन्।

दोस्रो र तेस्रो दिनका खेलमा झन्डै सबै प्राविधिक चुनौती समाधान भइसकेको डिसहोम (गो)ले जनाएको छ। दोहोरो भुक्तानी भएका प्रयोगकर्ताको रकम फिर्ता प्रक्रिया सुरु भइसकेको छ। बुधबारदेखि खल्ती र इसेवा मार्फत एनपिएल सिजन पासका भौचर किन्न सकिने व्यवस्था मिलाइएको छ, जसले सबै प्रयोगकर्तालाई सजिलो पहुँच उपलब्ध गराउने कम्पनीको भनाइ छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima