Skip to content

काठमाडौंमा मोक्सी होटेल्सको आगमन

nabil bank

काठमाडौं । मेरियट बोनवोय अन्तर्गत संचालित विश्वभरका ३० भन्दा बढी विशेष होटल ब्रान्डमध्ये एक मोक्सी होटेल्सले आज काठमाडौंमा मोक्सी काठमाडौँको सन्चालनमा ल्याएको छ ।

नेपालको हस्पिटालिटी क्षेत्रमा नयाँ र साहसिक अध्यायको सुरुवात गरेको मोक्सी काठमाडौँ राजधानीको सबैभन्दा चलायमान व्यवसायिक र मनोरञ्जनको थलो दरबारमार्गमा छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल करिब १५ मिनेटको दूरीमा छ । यो होटेलमा बस्नेहरुले यूनेस्को सूचीमा समावेश दरबार स्क्वायर, आध्यात्मिक शान्तिको प्रतीकको रूपमा रहेको स्वयम्भूनाथ स्तुप ९मंकी टेम्पल० र कला, संगीत, खाना तथा फेसनको अनौठो समिश्रणका लागि प्रसिद्ध ठमेलमा सहजै पुग्न सक्छन् ।

मोक्सी काठमाडौँले आर्ट ग्यालरीदेखि इन्डी क्याफे र रूफटप लाउञ्जहुँदै लाइभ म्युजिक भेन्युहरूसम्म, शहरको विकसित हुँदै गएको आधुनिक परिवेशसँग अझ नजिक ल्याउने दाबी गरेको छ । शताब्दीऔँ पुराना मन्दिरहरूको भ्रमण होस्, नजिकैका ट्रेलहरूमा हाइकिङ होस्, वा काठमाडौँको चलायमान नाइटलाइफमा डुबुल्की मार्न होस् यो होटल उपयुक्त आधारबिन्दु बन्न पुगेको दाबी छ ।

नेपालमा यो लाइफस्टाइल ब्रान्ड पहिलोपटक ल्याउन पाउँदा हामी गौरवान्वित छौँ। यो नेपालमा पहिलो र दक्षिण एसियाको तेस्रो मोक्सी होटल हो ।

यहाँ अनपेक्षित रमाइलोले भरिएको बसाइ तयार गर्ने प्लेफुल रिक्रिएसन जोनले जीवन्त र सामाजिक वातावरणमा एअर हक्की खेल्न वा पुरानो याद ताजा गर्ने बोर्ड गेम्स खेल्न अतिथिलाई लोभ्याउँछ । मोक्सी हुकअपले, जहाँ अतिथिहरूलाई निःशुल्क सरप्राइज ड्रिंक, लोकल खानाका स्वादिष्ट परिकार, विशेष छुट र रमाइला गिफ्टहरू उपहारहरूस्वरूप दिइन्छ। फ्लेक्सिबल स्थानहरू, मनमोहक डिजाइन र बलियो सामुदायिक भावनाको साथमा मोक्सी काठमाडौँले परम्परागत आतिथ्यलाई जीवनशैलीमुखी, पहिचानयुक्त र पूर्ण रूपमा ‘मोक्सी’ शैलीको नयाँ अनुभवले सिंगार्छ । यसमा १०१ वटा गेस्टरूम रहेका छन् ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi