Skip to content

एनआरएनए अध्यक्ष श्रेष्ठद्धारा अफ्रिका अभियन्तासँग अन्तरक्रियाः ‘एकतापछि संघलाई पुरानै लयमा फर्काउन आग्रह’

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष महेशकुमार श्रेष्ठले अफ्रिका महादेशका एनआरएन अभियन्ताहरूसँग भर्चुअल माध्यमबाट विशेष अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेका छन् । संघभित्र हालै कायम भएको एकताको खुसी र सन्देश प्रवाह गर्ने उद्देश्यले जुममार्फत कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले विगत केही वर्षदेखि संघमा देखिएको विवाद र विभाजनका कारण अभियान अप्ठ्यारोमा परेको स्मरण गरे । तर, अब संस्थागत एकता भइसकेको अवस्थामा संघ पहिलेकै स्वरूप र सक्रियतामा फर्कने विश्वास उनले व्यक्त गरे ।

अध्यक्ष श्रेष्ठले अफ्रिका क्षेत्रका एनआरएन अभियन्ताहरूलाई विगतका तीतामीठा कुराहरू बिर्सेर फेरि एकजुट भई क्रियाशील हुन आग्रह गरे । उनले भने, ूएकतापछि अब हामी बलियो भएका छौं, अफ्रिका क्षेत्रमा पनि संघलाई पहिलेकै अवस्था र उचाइमा पुर्‍याउन म यहाँहरू सम्पूर्णमा विशेष अनुरोध गर्दछु ।ू

कार्यक्रममा अफ्रिकाका विभिन्न मुलुकमा रहेका एनआरएन प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा नेपालका लागि केन्याका अवैतनिक वाणिज्यदूत चन्द्र टण्डन, एनआरएनए प्रवक्ता गंगाधर गौतम र सल्लाहकार हिक्मत थापाले आ–आफ्नो धारणा राखेका थिए ।

त्यसैगरी, अफ्रिका क्षेत्रीय संयोजक कृष्णदत्त भट्ट ९केन्या०, महिला क्षेत्रीय संयोजक डा.सरिता पाण्डे भट्टराई (दक्षिण अफ्रिका), क्षेत्रीय सहसंयोजकद्वय छवि श्रेष्ठ (सेसेल्स) र विकास सुवेदी (घाना)को पनि सहभागिता थियो ।

कार्यक्रममा क्षेत्रीय महिला सहसंयोजक शान्ति सुवेदी (बोत्स्वाना), क्षेत्रीय युवा संयोजक भरत रिजाल (नाइजेरिया), उपसंयोजक सन्तोष उदास (तान्जानिया), एनसिसी दक्षिण अफ्रिकाका अध्यक्ष डा. पुष्प भट्टराई, एनसिसी केन्याका उपाध्यक्ष भरत रेग्मी, तथा अन्तर्राष्ट्रिय समितिका मानार्थ परिषद सदस्यहरू मन थापा (नाइजेरिया) र रमेश शर्मा (रवान्डा) लगायतको उपस्थिति रहेको थियो ।

सहभागीहरूले अध्यक्ष श्रेष्ठको एकताको सन्देशलाई स्वागत गर्दै अफ्रिका क्षेत्रमा एनआरएनएको अभियानलाई थप सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima