Skip to content

पाँच महिनामा एक अर्ब १४ करोड राजस्व संकलन

काठमाडौं । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷०८३ को मङ्सिर मसान्तसम्ममा एक अर्ब १४ करोड ९९ लाख ६३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । संकलन भएको उक्त रकम चालु आवको वार्षिक लक्ष्यको २५ .८१ प्रतिशत हो ।

आन्तरिक राजस्व कार्यालयको चालु आवमा चार अर्ब ४५ करोड ५० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य थियो । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आवको पाँच महिनामा आयकरबाट ४२ करोड ८८ लाख ३८ हजार, मूल्य अभिवृद्धि करबापत ४० करोड ५२ लाख ५८ हजार रुपैयाँ अन्तःशुल्कबापत २६ करोड १० लाख ८४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । गत आव २०८१÷०८२ को मङ्सिर मसान्तसम्ममा र एक अर्ब आठ करोड ८५ लाख २४ हजार राजस्व संकलन भएको छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima