Skip to content

काठमाडौंस्थित बंगलादेश दूतावासमा मनाइयो विजय दिवस

काठमाडौं । नेपालस्थित बंगलादेश दूतावासले विजय दिवस २०२५ मनाएको छ । ।

कार्यक्रममा नेपालका लागि बंगलादेशी राजदूत मोहम्मद शफिकुर रहमानले मुक्ति संग्रामको अपूर्ण सपना पूरा गर्न जुलाई जनआन्दोलनले नयाँ आयाम दिएको उल्लेख गरे । लोकतन्त्र, समानता, न्याय र भ्रष्टाचारमुक्त ‘बंगलादेश २.०’ निर्माणका लागि सबै प्रवासी बंगलादेशीलाई आ–आफ्नो स्थानबाट योगदान दिन आग्रह गरे।

कार्यक्रममा मन्तव्य राख्दै सार्क महासचिव राजदूत मोहम्मद गोलाम सरवारले विजय दिवसको ऐतिहासिक महत्वबारे प्रकाश पारे । मुक्ति संग्रामको भावनालाई जोगाइराख्न सबैलाई आह्वान गरे । उनले जुलाई–अगस्ट २०२४ को जनआन्दोलनपछि सिर्जित अवसरलाई सदुपयोग गर्दै विभेदरहित र समावेशी बंगलादेश निर्माणका लागि सामूहिक प्रयासको आवश्यकता औँल्याए ।

कार्यक्रममा नेपालका लागि बंगलादेशका राजदूत हे एम्बे मोहम्मद शफिकुर रहमान, सार्क सचिवालयका महासचिव राजदूत मोहम्मद गोलाम सरवार, सार्क सचिवालयमा कार्यरत बंगलादेशी अधिकारीहरू, विभिन्न क्षेत्रीय संस्थामा कार्यरत बंगलादेशी प्रवासी, बिमान बंगलादेश एयरलाइन्सको नेपाल कार्यालयका प्रतिनिधि, नेपालस्थित बंगलादेशी समुदायका सदस्य, नेपालका विशिष्ट व्यक्तित्व तथा व्यवसायीहरूको उपस्थिति थियो ।

हाल काठमाडौं भ्रमणमा रहेको बंगलादेशी महिला फुटबल क्लब ‘नासरिन स्पोर्ट्स एकेडेमी’ का खेलाडी तथा अधिकारीहरूले पनि कार्यक्रममा सहभागिता जनाएका थिए ।

विजय दिवस समारोहको मुख्य आकर्षण सांस्कृतिक कार्यक्रम रह्यो । काठमाडौंको एक स्थानीय कला विद्यालयका विद्यार्थीहरूले बंगला र नेपाली संगीतमा आधारित नृत्य तथा गीत प्रस्तुत गरे । सुर सुधा म्युजिक ग्रुपकी गायिका सरस्वती खत्रीले बंगला र नेपाली गीत प्रस्तुत गर्दै कार्यक्रमलाई थप आकर्षक बनाइन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi