Skip to content

नेपाली मुद्राका लागि छुट्टै मुद्रा संकेत चिह्न आवश्यक रहेको कार्यदलको सुझाव

काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले नेपाली रूपैयाँको अलग पहिचान स्थापित गर्न छुट्टै मुद्रा संकेत चिह्न आवश्यक रहेको जनाएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले गत जेठमा गठन गरेको कार्यदले गत असारमा बुझाएको प्रतिवेदन मंगलबार सार्वजनिक गरेको थियो । उक्त प्रतिवेदनमा नेपाली मुद्राका लागि छुट्टै मुद्रा संकेत चिह्न आवश्यक रहेको कार्यदलले सुझाव दिएको हो ।

कार्यदलका अनुसार वर्तमान वित्तीय कारोबार, अनलाइन बैंकिङ, अन्तर्राष्ट्रिय लेखापरीक्षण तथा डिजिटल भुक्तानी प्रणालीमा रूपैयाँको एकीकृत संकेत चिह्नको अभावले नेपाललाई विश्व बजारमा प्रतिस्पर्धात्मक रूपमा देखा पर्न कठिन हुँदै आएको छ ।

हाल विश्वभर अमेरिकी डलर, युरो, भारतीय रुपैयाँलगायत प्रमुख मुद्राहरूका स्वतन्त्र संकेत चिह्नहरू प्रयोगमा रहेकाले नेपालले पनि आफ्नै पहिचानयुक्त चिह्न अविलम्ब मान्यताप्राप्त बनाउनुपर्ने निष्कर्ष कार्यदलले निकालेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima